बाढी पहिरोबाट दुई दिनमा १७ जनाको मृत्यु
काठमाडौं - भीषण वर्षासँगै आएको बाढी र पहिरोमा परी दुई दिनमा १७ जनाको मृत्यु भएको छ । देशका विभिन्न भागमा गएको बाढी पहिरोबाट उक्त संख्यामा मृत्यु भएको हो ।
बाढी र पहिरोबाट काठमाडौँकै टोखामा मंगलबार २ जनाको मृत्यु भएको थियो । त्यस्तै, मंगलबार बिहान धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ मा तीन जना, नवलपरासी पश्चिममा दुई जनाको मृत्यु भएको छ ।
त्यस्तै, बाढी पहिरोले ४० भन्दा बढी जिल्लामा भौतिक क्षति पुर्याएको छ । देशका २२ वटा जिल्ला धेरै प्रभावित भएका छन् । बिभिन्न ठाउँमा पहिरो जाँदा सयौं घरपरिवार विस्थापित भएका छन् । राजमार्गहरुमा पहिरो गएकाले सवारी आवागमन प्रभावित भएका छन् ।
बाढी पहिरो र डुवानमा परी कयौं विस्थापित भएका छन् । पीडितहरुलाई सरकारले सहयोग समेत गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस