काठमाडौं उपत्यकामा थप २ हजार ४ सय २ जनामा कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७७-०६-३० ०४:३२ मा प्रकाशित
Total Shares: 233
काठमाडौं - काठमाडौं उपत्यकामा थप २ हजार ४ सय २ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।
शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय २ जनामा कोरोना पुष्टि भएको हो।
त्यसमध्ये काठमाडौंका १ हजार ७ सय ८४ जना, भक्तपुरका २ सय ४४ जना र ललितपुरका ३ सय ७४ जना छन्। उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।
फेसबुक पेज Like गर्नुहोस