बढ्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०७७-०४-०४ ११:३३ मा प्रकाशित
Total Shares: 366
काठमाडौं - आज आइतबार नेपाली बजारमा सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोलामा ३ सय रुपैयाँले घटेर ९२ हजार ५ सयमा कारोबार भैरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजार ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर १ हजार ५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस