प्रधानमन्त्री ओलीको निर्देशन : 'किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउनू'
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिरमा चाहिने मलको आँकलन गरेर खरिद प्रक्रिया थाल्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारी र उच्चाधिकारीसहितको छलफलमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले आगामी मङ्सिरमा कति मल चाहिने हो त्यसको आँकलन गरेर अहिलेदेखि नै खरिद प्रक्रिया थाल्न निर्देशन दिए।
कृषि मन्त्रालयको कूल बजेटको ५६ प्रतिशत बजेट रासायनिक मल अनुदानमा रहेको छ । किसानले किन्ने रासायनिक मलमा ६७ प्रतिशतसम्म अनुदान दिँदै कृषि मन्त्रालयले खरिद प्रक्रियालाई सरलीकरण बनाउन प्रधानमन्त्री ओलीसँग आग्रह गरेको छ ।
प्रधानमन्त्री ओलीले किसानलाई नाफा हुने खालका खेती मात्रै गर्ने वातावरण सृजनाका लागि उपयुक्त जग्गामा सामूूहिक खेती प्रणालीमा जान सुुझाव दिँदै स्वदेशमा उत्पादन नहुने खाद्य पदार्थ समयमै किनेर ल्याउन आग्रह गरे।
प्रधानमन्त्री ओलीले माछापालन, दुध उत्पादन, सुन्तला, काजु, ल्याङ र मसलालगायत उपयुक्त खेतीका लागि कहाँ कहाँ के के गर्न सकिन्छ भन्ने स्पष्ट योजना ल्याउन निर्देशन दिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस