काठमाडौं - नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले तत्काल सवारी साधन सञ्चालन नगर्ने निर्णय गरेको छ ।

महासंघको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले लकडाउन अवधिको बैंक किस्ता सार्नुपर्ने, ब्याज मिनाहा हुनुपर्ने, लक डाउनपछिको किस्ताका लागि समय सार्नुपर्ने र ब्याज पुर्नविचार गर्नुपर्ने लगायतका माग पुरा नभएसम्म यातायात सञ्चालन नगर्ने निर्णय गरेको हो ।

सरकारले बिहीबार जिल्लाभित्र र काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीलाई तोकिएको भाडादरको ५० प्रतिशत बढी भाडा लिन पाउने गरी खुला गर्ने निर्णय गरेको थियो । जसमा सिट क्षमताभन्दा आधा मात्रै यात्रु बोक्न पाइने छ ।

सार्वजनिक यातायातमा चढ्ने सबै यात्रुले मास्क, स्यानिटाइजर प्रयोग गर्नुपर्ने र चालकले पन्जासहित मास्क पनि लगाउनु पर्नेछ।

तर व्यवसायीले सरकारसँग विभिन्न मागहरू राख्दै पूरा नभएसम्म सवारी चलाउन नसकिने निर्णय गरेका हुन् ।