बोलोग्नाको पोष्टमा इन्टरले प्रहार गर्याे आधा दर्जन गोल
काठमाडौं - इटालियन सिरी ए अन्तर्गतको खेलमा इन्टर मिलानले बोलोग्नाको पोष्टमा आधा दर्जन गोल गरेको छ । शनिबार राति घरेलु मैदान सान सिरोमा भएको खेलमा इडन जेकोको दुई गोल मद्धतमा इन्टरले बोलोग्नाविरुद्ध ६-० गोल अन्तरको जित हात पारेको हो ।
इन्टरको जितमा इडन जेकोले २ गोल गरे । लौटारो मार्टिनेज, मिलान सिक्रिनियर, निकोलो बरेला, माटिअस भेकिनोले १-१ एक गोल गरे ।
जितसँगै इन्टर मिलान शीर्षस्थानमा फर्किएको छ । चार खेल खेलेको इन्टर १० अंकसहित शीर्ष स्थानमा उक्लिएको हो । तीन खेल खेलेको रोमा शतप्रतिशत जितसहित दोस्रो स्थानमा छ । पराजित बोलोग्ना चार खेलबाट सात अंकसहित आठौं स्थानमा छ ।
शनिबार राति नै भएको सिरी ए को अर्काे खेलमा एटालान्टाले सेलेर्नितानालाई १-० गोल अन्तरले पराजित गरेकाे छ । यस्तै फियोरेन्टिनाले जेनोआलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस