नवलपरासी - चार दिन देखिको लगातार बर्षाका कारण आएको पहिरोले पूर्वी नवलपरासीमा दुई जनाको मृत्यु भएको छ । बुलिगङटार गाउँपालिका वडा नं २ डाँडाझेरीमा गए राती एक घर पहिरोले पुरीए पछि दुई जनाको मृत्यु भएको हो ।

पहाडी बिकट गाउँ डाडाँझेरीमा गए रातीको पहिरोले स्थानीय डाडाँझेरी टाँणीका ७० बर्षीय शेरबहादुर सार्की र उनकी श्रीमति खिनीमायाँ सार्कीलाई पहिरोले पुरेको र खोजतलाश गर्ने क्रममा आज बिहान शव फेला परेको हो । घटनास्थल सदरमुकाम कावासोतबिाट ५० किलोमिटर उत्तरमा पर्दछ ।