विराटनगर - नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमालेसँग तत्कालै राजनीतिक सहकार्य सुरु हुने बताएका छन्।
शुक्रबार विराटनगरमा आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
मुलुकको राजनीतिक समीकरणमा नयाँ मोड आउने दाबी गर्दै आगामी दिनमा थप महत्वपूर्ण राजनीतिक विकास हुने उनको भनाई छ ।
एमालेसँग संवाद सकारात्मक दिशामा अघि बढिरहेको उल्लेख गर्दै उनले भने- 'प्रचण्डको अन्तिम क्रमभङ्ग हेर्नुस् अब कस्तो हुन्छ।'
उनले वामपन्थी शक्तिहरूबीच मात्र नभई विभिन्न राजनीतिक दलसँग निरन्तर संवाद भइरहेको छ। उनका अनुसार लोकतान्त्रिक समाजवादी शक्तिसँग पनि सहकार्यको वातावरण निर्माण भइरहेको छ ।
साथै जनता समाजवादी पार्टी (जसपा)सँग पनि छलफल जारी रहेको जानकारी दिँदै व्यापक राजनीतिक सहकार्यको सम्भावना औंल्याए।
यसैबीच आजै प्रचण्ड’ र पार्टीका सहसंयोजक माधवकुमार नेपालले विराटनगरस्थित कोइराला निवास पुगेर नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालारसँग भेटवार्ता गरेका छन् ।
विशेष महाधिवेशन गरेर गगन थापा सभापति बनेपछि पार्टी नै फुटको संघारमा रहेका बेला थापापक्षसँग रुष्ट बनेका बेला कोइरालालाई भेट्न दाहाल–नेपाल एकैपटक पुगेपछि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

.gif)



