कर्णालीमा आजबाट प्रदेशस्तरीय भेला गर्दै कांग्रेस
काठमाडौं - नेपाली कांग्रेसले आज कर्णालीमा प्रदेशस्तरीय भेला गर्दैछ । कांग्रेसको नीति तथा अनुसन्धान प्रतिष्ठानले सातै प्रदेशमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’ अन्तरगत आज र भोली भेला गर्न लागेको हो ।
भेलालाई कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।
पार्टीका शीर्ष नेताहरूको सहभागितामा आयोजना हुने भेला आगामी राजनीतिक कार्यदिशा, निर्वाचन समीक्षा तथा सुशासनका सवालमा केन्द्रित रहने जनाइएको छ ।
भेलामा कर्णाली प्रदेशबाट पार्टीको केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने सम्पूर्ण केन्द्रीय सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, १० वटै जिल्लाका सभापति, प्रतिनिधिसभा सदस्य, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुख तथा गाउँपालिका अध्यक्ष–उपाध्यक्षहरूको सहभागिता रहने बताइएको छ ।
यसअघि वैशाख २६ र २७ गते धनगढी, कैलालीमा काँग्रेसले सुदूरपश्चिम स्तरीय भेला गरिसकेको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस