टेलिफोन ट्यापिङ गर्न दिन कांग्रेस सहमत
काठमाडौं - विशेष सेवा ऐन मार्फत टेलिफोन ट्यापिङ गर्ने विषयमा सहमती जुटेको छ ।
टेलिफोन ट्यापिङमार्फत नागरिकको गोपनीयताको हक हनन गर्न खोजेको भन्दै विरोध जनाउँदै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बुधबार बसेको राष्टियसभाको विधान व्यवस्थापन समितिमा दुरुपयोग नहुने गरी टेलिफोन ट्यापिङ गर्न दिन सहमत जनाएको हो । यद्यपि दुरुपयोग गरेमा कारबाही हुनेछ ।
बैठकमा राष्ट्रियसभाका प्रतिपक्षी सांसद राधेश्याम अधिकारीले टेपिङ गरेको सूचना दुरुपयोग नहुने सुनिश्चतता भएको स्थितिमा यो व्यवस्था राख्न सकिन्छ भनेर सहमति जनाएका हुन् ।
यसअघि कांग्रेसले सर्वसाधारणको फोन ट्यापिङ गरेर मौलिक हक र गोपनीयताको हक हनन गर्न खोजिएको भन्दै अदालतको अनुमतिमा मात्रै फोन ट्यापिङ गर्न पाउने व्यवस्था हुनुपर्ने अडान राख्दै आएको थियो ।
फेसबुक पेज Like गर्नुहोस