काठमाडौं - प्रहरीले राजधानीको कमलादीबाट बरामद गरेको १५ किलो सुनमध्ये आधा किलो मात्र सक्कली रहेको खुलेको छ ।

मंगलबार बिहान कमलादीमा प्रहरी चेकिङको क्रममा एक स्कार्पियोले नरोकेपछि प्रहरीले पिछा गर्दा सुनसहित दुई वटा पेस्तोल बरामद गरेको थियो ।

बरामद पछि गरेको परिक्षणमा साढे १४ किलो नक्कली रहेको प्रहरीले जनाएको छ । बिस्कुट आकारका दर्जनौँ सुन जस्तो देखिएपनि पित्तलमा जलप्प लगाएको पाइएको छ ।

यसअघि प्रहरीले कमलादीबाट १५ किलो सुन बरामद गरेको सूचना बाहिर ल्याएको थियो ।