काठमाडौं-आज संवैधानिक परिषद्को बैठक बस्दैछ। आज साँझ ६ बजे संवैधानिक परिषद्को बैठक बस्न लागेको हो । 

आज बस्ने बैठकले प्रधानन्यायाधीश नियुक्तबारे छलफल हुने बताइएको छ । 

प्रधानन्यायाधीश नियुक्त गर्न पछिल्लो समय दबाब बढ्दै गएको छ ।  संवैधानिक परिषद्को सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधीश नियुक्त हुने व्यवस्था छ।