युरो कप: तीन प्रतिक्षित खेलहरु हुँदै
काठमाडौै,एजेन्सी - युरो २०२० फुटबलमा आज (शनिबार) विशेष तीन खेलहरु हुँदैछन् ।
युरोकपको समूह चरण अन्तर्गत आज पहिलो खेलमा फ्रान्स र हंगेरीले प्रतिस्पर्धा गर्दैछन् । समूह 'एफ' मा रहेको दुई टिमबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ ।
आज फ्रान्स लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १-० गोल अन्तरले हराएको थियो । फ्रान्स ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।
हंगेरी भने पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा हंगेरीले पोर्चुगलसँग ३-० गोलले हार ब्यहोरेको थियो । हंगेरी समूहको पुछारमा रहेको छ ।दोस्रो खेलमा साविक विजेता पोर्चुगल र जर्मनी भिड्नेछन् । उक्त खेल राति ९ः४५ बजे सुरु हुनेछ ।
समूह 'एफ' मा रहेको पोर्चुगल लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा पुग्ने योजनामा हुनेछ ।
जर्मनी भने पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा फ्रान्ससँग १-० ले पराजित जर्मनीका लागि यो खेल जित्नैपर्ने दबाब छ । नकआउट चरणको सम्भावना कायम राख्न जर्मनीलाई जित बाहेक अन्य विकल्प छैन । जर्मनी समूहको तेस्रो स्थानमा रहेको छ ।
आज हुने तेस्रो खेलमा स्पेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । स्पेन र पोल्याण्डबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।
समूह 'ईु' को स्पेन पहिलो जित निकाल्ने योजनामा रहेको छ । स्पेन १ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा स्पेनले स्विडेनसँग गोलरहित बराबरी खेलेको थियो ।
यस्तै पोल्याण्ड भने पहिलो जितको खोजीमा मैदान उत्रनेछ । अंक विहीन पोल्याण्ड पुछारमा रहेको छ । पहिलो खेलमा पोल्याण्डले स्लोभाकियासँग २-१ गोलले हार ब्यहोरेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस