काठमाडौं - नेपालमा मंगलवार थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा मंगलवारसम्ममा सक्रिय संक्रमितको संख्या ४१ हजार ७५५ जना रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९६ हजार ६०९जना पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ७६५ जनाको मृत्यु पुष्टि भएको छ ।

हाल मुलुकका विभिन्न भागमा रहेका क्वारेन्टाइनमा ४ हजार २२० जना रहेका छन् । विगत २४ घण्टामा २ हजार १०८ जना कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् । 

मन्त्रालयका अनुसार मुलुकका विभिन्न भागमा रहेका आईसोलेशनमा ४१ हजार ७५५ जना रहेका छन् ।  त्यस्तै हालसम्म १३ लाख १४ हजार ७७९ ओटा पीसीआर परीक्षण भइसकेको छ । 

मन्त्रालयका अनुसार विगत २४ घण्टामा थपिएका संक्रमितमध्ये १ हजार ७०२ जना काठमाडौं उपत्यकाका रहेका छन् ।