कोरोनाका कारण सशस्त्रका सईको मृत्यु
खबर एक्सप्रेस
२०७७-०७-१६ ०१:५३ मा प्रकाशित
Total Shares: 260
काठमाडौं - कोरोना संक्रमणका कारण सशस्त्र प्रहरी बल, नेपालका प्रहरी नायब निरीक्षक (सई) को निधन भएको छ ।
बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारको क्रममा सई नगेन्द्र खड्काको शनिबार मृत्यु भएको सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले जानकारी दिए ।
दैलेख घर भएका खड्कालाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारको लागि लुम्बिनी अस्पतालबाट असोज २० गते सशस्त्र प्रहरी अस्पताल बलम्बु ल्याइएको थियो । उनी अर्घाखाँची गुल्ममा कार्यरत थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस