काठमाडौं - हङकङमा जारी चारदेशीय टी-२० सिरिजको उपाधिका लागि आज नेपाल र कुवेत भिड्दै छन् ।

खेल हङकङको मङ ककस्थित मिसन रोड ग्राउन्डमा आइतबार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ ।

शनिबार नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपालले फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

नेपालले तीन खेलबाट पाँच अंक बनाएर फाइनलमा स्थान बनाएको हो। कुवेतले तीन खेलमा चार अंक हात पारेको थियो। आजै हङकङ र कतार पनि तेस्रो स्थानका लागि खेल्दैछन् ।