काठमाडौं - पछिल्लो २४ घण्टामा  काठमाडौं उपत्यकामा ३ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार  काठमाडौंमा २७३३ जना, भक्तपुरमा ३४८ जना र ललितपुरमा ४८१ जना कोरोना संक्रमित भेटिएका छन् ।

यस्तै, नेपालमा गत २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमण मुक्त भएका छन् । 

मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टामा ५ हजार ५५ जनाले कोरोना जितेका छन् । यससँगै कुल संक्रमण मुक्त हुनेको संख्या ३ लाख २१ हजार ५१८ पुगेको छ।  

पछिल्लो २४ घण्टामा देशभर थप ८९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  यस्तै थप २१४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।