काठमाडौं - फ्रेन्च लिग वानको उपाधि होडमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सानदार जित हात पारेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा पीएसजीले रिम्सलाई ४-०ले पराजित गरेको हो । 

खेलको १०औं मिनेटमा नै युनिस अब्देलहामिद सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रिम्स १० खेलाडीमा समेटिएकोे थियो। त्यसको प्रत्यक्ष फाइदा उठाउन पीएसजी सफल भयो । १३औं मिनेटमा पेनाल्टीमा नेयमारले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए ।  २४औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । 

त्यसपछि ६८औं मिनेटमा नेयमारको पासमा मार्किन्हसले गोल गर्दै पीएसजीलाई ३-०को अग्रता दिलाए । ८९औ मिनेटमा मोइस किनले गोल गर्दै पीएसजीलाई ४-०को सानदार जित दिलाए । 

जितसँगै पीएसजीले लिग वानको उपाधि सम्भावनालाई जिवितै राखेको छ । पीएसजीको ३७ खेलबाट ७९ तथा शीर्षस्थानको लिलको ८० अंक छ । पराजित रेइम्स ४२ अंक जोडेर १३औं स्थानमा छ । अब उपाधिको छिनोफानो अन्तिम खेलबाटै लाग्नेछ ।