काठमाडौं - नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

चितवनमा आजबाट सुरु भएको एमालेको १०औं महाधिवेशनमा भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।आफ्नै समूहका भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने भएपछि उनी पछि हटेका हुन् । एमालेको विधानमा चार उपाध्यक्षको व्यवस्था रहेको छ । 

भोलि सौराहमा एमालेको बन्दसत्र सुरु हुनेछ । निर्वाचन समितिका अनुसार भोलि नै उम्मेदवारी दर्ता हुनेछ  । बन्दसत्र सुरु हुनुअघि नै उनले आफ्नो उम्मेदवारीबारे सार्वजनिक रुपमा घोषणा गर्ने बुझिएको छ ।

आजै राति एमालेको केन्द्रीय कमिटीको बैठक बस्दैछ ।