काठमाडौं,धनगढी - जिल्ला संकट व्यवस्थान केन्द्र (डिसिसिएमसी) कैलालीले एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको । कोरोना संक्रमणदर बढेपछि जेठ २० गतेसम्म निषेधाज्ञा थप भएकाे हाे ।

वैशाख १६ गते जिल्लामा निषेधाज्ञा जारी भएको निषेधाज्ञा ४ पटक थप भएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।