वीरगन्जमा कोरोनाबाट थप एक जनाको मृत्यु
खबर एक्सप्रेस
२०७७-०४-२२ ०७:२० मा प्रकाशित
Total Shares: 304
वीरगन्ज - नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगन्जस्थित गण्डक अस्पतालमा बिहिबार बिहान मृत्यु भएका व्यक्तिमा संक्रमण पुष्टि भएको हो । मृत्यु हुनेमा ६५ वर्षीय पुरूष रहेका छन् ।
मधुमेह र मुटुरोगी रहेका ती व्यक्तिमा श्वास प्रश्वासको समस्या देखिएपछि गत मंगलबार गण्डक अस्पतालमा भर्ना गरिएको थियो ।
सुरूमा आकस्मिक कक्षमा उपचार गरिए पनि बुधबार राति उनलाई अक्सिजनको कमी भएपछि भेन्टिलेटरमा राखिएको थियो। उपचारकै क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।
दिउँसो पीसीआर परिक्षण गर्दा पोजेटिभ देखिएको अस्पताल स्रोतले बताएको छ ।
फेसबुक पेज Like गर्नुहोस