बराबरीमा राेकिए पनि ब्राजिल क्वाटरफाइनलमा
काठमाडौं - ब्राजिल कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको समूह चरणको अन्तिम खेलमा ब्राजिलले इक्वेडरसँग १-१ को बराबरी खेलेको हो ।
खेलको ३७ औं मिनेटमा एडर मिलिसाओको गोलमा ब्राजिलले अग्रता लिएको थियो । एभर्टनको फ्रिकिकमा मिलिसाओले हेडरमार्फत गोल गर्दै घरेलु टोलीलाई अघि बढाएका थिए । तर, खेलको ५३ औं मिनेटमा एन्जल मिनाले गोल गर्दै इक्वेडरलाई अंक खोस्न सफल भए । उक्त खेलमा ब्राजिलका स्टार फरवार्ड नेयमार लगायत आक्रमणका खेलाडीलाई विश्राम दिइएको थियो ।
यस बराबरीसँगै समूह बी को ब्राजिल समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । अपराजित ब्राजिलले ४ खेलमा १० अंक जोडेर शिर्ष स्थानमा छ । समूहको अर्को खेलमा पेरुले भेनेजुएलामाथि १-० को जित निकालेको छ । पेरुले ४ खेलमा ७ अंक जोड्दै दोस्रो स्थान हासिल गरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस