काठमाडौं-काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भ्रष्टचारीलाई बाग्मतीमा चोपल्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा अनेक कुरा लेख्ने मेयर शाहले यसपटक भने भ्रष्टचारी बिरुद्धमा मुख खोलेका छन् । 

उनले भ्रष्टचार बिरुद्ध प्रदर्शन गर्ने होइन, सिद्यै कारबाहीमा जानु पर्ने जनाएका छन् ।  ‘तपाईहरुलाई यत्रो भोट दिएर नेता बनाएकोको आन्दोलन गर्नलाई हैन, सिधै कार्बाही गर्नलाई हो, सिधै कार्बाही गर्ने निती बनाउनलाई हो ।’ 

उनले फेसबुकमा लेखेका छन, 

‘भ्रस्टाचार बिरुद्धको आन्दोलन ?

को नेता हो थाह छ ?

घर कहाँ हो थाह छ ?

सिधै लगेर बागमतीमा चोपाल्नुस । 

यस्तो सडक नाटक धेरै देखी सक्यो हाम्ले ।

पत्याउदिन म चही ।

तपाईँहरुलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सिधै कार्बाही गर्नलाई हो, सिधै कार्बाही गर्ने निती बनाउनलाई हो ।