गण्डकीका भाैतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त
खबर एक्सप्रेस
२०७९-०७-२९ ०४:१३ मा प्रकाशित
Total Shares: 179
काठमाडौं,पाेखरा - गण्डकी प्रदेशका भाैतिक पूर्वाधार विकास मन्त्री कुमार खड्कालाई बर्खास्त गरिएकाे छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलले उनलाई मन्त्रीबाट हटाएका हुन् ।
खड्काकाे जिम्मेवारी आफूसँग राखेर मुख्यमन्त्री पाेखरेलले मन्त्रिपरिषद पुनर्गठन गरेकाे निर्णय प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई पठाएका छन् । खड्काले आसन्न निर्वाचनमा पार्टीकाे आधिकारिक उम्मेदवार विन्दुकुमार थापालाई हराउन भूमिका खेलेकाे आराेप छ ।
दुई साताअघि पनि गठबन्धन दलकै मन्त्री हरिशरण आचार्यलाई पनि बर्खास्त गरिएकाे थियाे । अब गण्डकीमा १० सदस्यीय मन्त्रिपरिषद् छ ।


.gif)



फेसबुक पेज Like गर्नुहोस