काठमाडाैं - प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे बस्दैछ । संसद सचिवालयले बैठकको सम्भावित कार्यसूचीमा आइतबार पनि विवादित बनेको एमसीसी सम्झौतालाई राखेको छैन ।

सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने उल्लेख छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदमा टेबल गर्न चाहेका छन् । तर सत्तारुढ दलमै विवाद हुँदा टेबल हुन सकिरहेको छैन ।