काठमाडौं,एजेन्सी - रियल मड्रिडमा आफ्नो भविष्यबारे प्रशिक्षक कार्लो एन्सेलोटीसँग छलफल गरेपछि तय हुने स्टार खेलाडी ग्यारेथ बेलले बताएका छन् । गएको सिजन टोटनहमबाट खेलेका बेल आउने सिजन भने रियल नै फर्कने निर्णय गरेका थिए ।

लामो समयदेखि रियलमा उनको करिअर धरापमा परेको थियो । प्रशिक्षक जिनेदिन जिदानसँग विवाद भएपछि उनले रियलमा भविष्य देखेका थिएनन् ।

पर्याप्त खेल खेल्ने आशाका साथ उनी गएको सिजन लोनमा टाेटनहम गएका थिए । उनले टोटनहममा समेत पर्याप्त खेल्ने मौका भने पाएनन् । 

रियल फर्किइसकेका उनले नयाँ प्रशिक्षक कार्लो एन्सेलोटीबारे राम्रो अभिव्यक्ति दिएका छन् ।

उनले प्रशिक्षकसँग राम्रो सम्बन्ध रहेको समेत बताएका छन् । उनले भनेका छन्, 'विगतमा हामीले काम गरिसकेका छौँ । उनको नियुक्तीले म खुसी छु । युरोकप सकिएपछि उनीसँग छलफल गर्नेछु ।'