काठमाडौं - आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा आइतबारकै मूल्यमा सुनको कारोबार भइरहेको छ ।

आज छापावाल सुन तोलाको ८९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको तोलाको ८८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बृद्धि भएको छ । सामान्य बृद्धिसँगै आज चाँदी तोलाको १ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ ।