काठमाडौं - फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित पारेको छ । गएराति भएको खेलमा पीएसजीले क्लेरमोन्ट फुटलाई ४-०ले पराजित गरेको हो । 

पीएसजीलाई जित दिलाउन एन्डर हरेराले दुई गोल गरे । केलियन एमबाप्पे र इद्रिस्सा गाना गुइएले एक एक गोल गरे । एकपक्षीय बनेको खेलमा क्लेरमोन्ट भने पाएको मौका सदुपयोग गर्न नसक्दा गोल गर्नबाट चुक्यो । 

जितसँगै पीएसजीले ५ खेलमा १५ अंक जोडेर अपराजित यात्रा कायम राखेको छ । पीएसजी तालिकाको शीर्ष स्थानमा छ । पराजित क्लेरमोन्ट समान खेलमा ८ अंक जोडेर चौथो स्थानमा रहेको छ ।