काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१२ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ। ९१८ जना संक्रमण मुक्त भएका छन् ।