एजेन्सी - कोरोना भाइरसको उद्गमस्थल भनिएको चीनको वुहान शहरमा एक महिनापछि नयाँ संक्रमित भेटिएका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार शनिबार चीनभर १४ कोरोनाभाइरस संक्रमित थपिएका छन्। जसमा एक जना वुहानका रहेका छन् । अन्य ११ वटा संक्रमित जिलिन प्रान्तको सुलान सहरका हुन् भने २ जना विदेशबाटआएका हुन्।

वुहानमा भेटिएका संक्रमितमा कुनै लक्षण देखिएको छैन । गत डिसेम्बरदेखि कोरोनाभाइरसको संक्रमण फैलिएको चीनमा अहिलेसम्म ८२ हजार ९ सय १ जना संक्रमित भएका छन् भने ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ।