एमाले महाधिवेशनमा एआईजीको कमान्डमा सुरक्षा टोली खटाइने
खबर एक्सप्रेस
२०७८-०८-०८ ०१:१६ मा प्रकाशित
Total Shares: 291
काठमाडौं - नेकपा (एमाले)को शुक्रबारदेखि चितवनमा हुन लागको दशौँ राष्ट्रिय महाधिवेशनमा प्रहरी एआईजीको कमान्डमा सुरक्षा टोली खटाइने भएको छ ।
एआईजी सहकुलबहादुर थापाको कमान्डमा सुरक्षा व्यवस्थापन गरिने प्रहरी प्रवक्ता एसएसपी वसन्त कुवँरले जानकारी दिए । उनका अनुसार महाधिवेशन सुरक्षामा एक हजारभन्दा बढी प्रहरी खटिनेछन् । यसबाहेक सशस्त्र प्रहरीको टोली पनि हुनेछ ।
सुरक्षामा वागमती प्रदेश प्रहरी, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका डीआईजी खटिने र समग्र कमान्ड एआईजी थापाले गर्ने प्रवक्ता कुँवरले जानकारी दिए । एमाले महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस