एकैदिन तोलामा दुई हजार रूपैयाँले बढ्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०८१-०७-२३ १०:५५ मा प्रकाशित
Total Shares: 123
काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। बिहीबार प्रतितोला चार हजार रूपैयाँ घटेको सुनको मूल्य आज भने प्रतितोला दुई हजार रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६४ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ८० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको थियो।

.gif)



फेसबुक पेज Like गर्नुहोस