एट्लेटिकोलाई पराजित गर्दै एथ्लेटिको फाइनलमा
खबर एक्सप्रेस
२०७८-०९-३० ०९:२४ मा प्रकाशित
Total Shares: 265
काठमाडौं - एट्लेटिकोलाई पराजित गर्दै एथ्लेटिको क्लब स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति साउदी अरबमा भएको खेलमा २-१ गोलले पराजित गर्दै एथ्लेटिकोले उपाधिका लागि रियल मड्रिडसँगको भेट पक्का गरेको हो ।
एथ्लेटिकोका गोलरक्षक उनई सिमोनले आफ्नौ पोष्टमा गोल गरेपछि ६२औF मिनेटमा एट्लेटिकोले अग्रता बनायो । तर, ७७औँ मिनेटमा अल्भारेज र ८१औँ मिनेटमा निको विलियम्सको गोलसँगै एथ्लेटिको खेलमा फर्कियो ।
खेलको इन्जुरी समयमा मारिया गिमिनेजले रातो कार्ड सामना गरेपछि एट्लेटिको १० खेलाडीमा सीमित बनेको थियो । यसअघि बार्सिलोनालाई ३-२ ले पराजित गर्दै रियल मड्रिड फाइनल यात्रा तय गरिसकेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस