प्रधानमन्त्रीविरुद्ध बालुवाटारमा प्रदर्शन, मानव अधिकारकर्मी पक्राउ
खबर एक्सप्रेस
२०७७-१०-१२ ०१:५५ मा प्रकाशित
Total Shares: 400
काठमाडौं - प्रधानमन्त्री केपी ओलीका संसद् विघटन गर्ने गलत कदमविरुद्ध प्रदर्शन गर्न बालुवाटार पुगेका मानव अधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
आज बालुवाटार अगाडि विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले मानव अधिकारकर्मी कृष्ण पहाडीसहित अन्यलाई धरपकड गरेको हो । उनीहरुले ‘प्रम ओलीः आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर’, ‘अदालतलाई प्रभाव पार्न गरेको दुस्प्रयास बन्द गर’ किर्ते बन्द गरलगायतका नारा लेखिएका ब्यानर प्रदर्शन गरेका थिए ।
त्ससपछि प्रहरीले उनीहरुलाई निषेधित क्षेत्रमा विरोध प्रर्दशन गरेको भन्दै पक्राउ गरेको हो ।
फेसबुक पेज Like गर्नुहोस