हामी अरु पार्टीमा मिसिने छैनौं कुनै सम्भावना छैनः माधवकुमार नेपाल
काठमाडौं - नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुसँग मिसिने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । पार्टीको पहिलो केन्द्रीय समिति बैठकमा बोल्दै नेपालले सो कुरा स्पष्ट पारेका हुन् ।
नेता नेपालले भने, ‘हामीलाई कसैसँग मिसिनुपर्ने आवश्यकता छैन । यदि कसैले भ्रम फैलाउन खोज्छ भने हामीलाई नसोधी सिधै खण्डन गरिदिनुभए हुन्छ । पत्रिकामा यस्तो आयो भनेर अलमलमा पर्नु पर्दैन ।’
नेता नेपालले आफ्नो पार्टीको संगठन देशव्यापीरुपमा फैलिरहेको दावी गरेका छन् । पार्टीले व्यापक कार्यकर्ताको संगठन बनाएको भन्दै नेपालले यसलाई सशक्त र प्रभावकारी बनाउन निर्देशन दिए । उनले पाँच दलीय गठवन्धन नटुट्ने समेत बताए ।
‘सरकारलाई समर्थन गरेका सबै दलहरुसँग हाम्रो सुमधुर सम्बन्ध छ, यो गठबन्धन टुट्ने छैन,’ नेपालले भने ।
फेसबुक पेज Like गर्नुहोस