पोखरा - गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा विभिन्न ५ जिल्लाका व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा पर्वतका १, बाग्लुङका ८, लमजुङका ४, तनहुँका ९ र नवलपरासी (बर्दघाट सूस्ता पूर्व)का ३ जना रहेका छन् । जसमा ५ जना महिला रहेका छन् ।

संक्रमितमध्ये पर्बत जिल्ला, जलजला गाउँपालिकाका ३६ वर्षिय पुरुष हालै भारतबाट आएका हुन् । यस्तै, बाग्लुङ-१ का संक्रमित दुई पुरुष नेपाल प्रहरीमा कार्यरत छन् भने बाग्लुङ-८ का संक्रमित पनि भारतबाट आएका निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

बाग्लुङका अन्य संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङको क्रममा संक्रमण पुष्टि भएको हो । यस्तै, लमजुङ जिल्ला बेसीशहरमा कार्यरत २ जना संक्रमित नेपाल आर्मीमा कार्यरत छन् भने १ जना पालिकामा कार्यरत कर्मचारी रहेका छन् ।

संक्रमित सबैलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ९ सय ७७ पुगेको छ । जसमा एक हजार ६ सय ६५ जना उपचारपछि निको भएका छन् । जुन निको हुने दर ८४.२१ हो ।


Image may contain: ‎text that says '‎फोन: ०६१ ५२०३९०, ५२००६६ प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय पत्रसंख्या चलानी २०७७०७, विवरण अनुसार गण्डकी प्रदेशमा गण्डकी बिषय: प्रेस क्रमितको १९७७ पुरगेकोछ प्रयोगशाला कषयराग मेडिकल कलेज, चितवन वार्ड संख्या परिक्षणमा उमेर बाग्लुड जना) क्षयरोग ३ बाग्लुड पोखरा १,१९,२७ २४ २८ लमजुड जना) महिला पुरुष पुरुष बेसीशहर तनहुँ( जना) ا४ ३४,६२ ५८,५३ ३५,१,३७ ३१ (ब.सु.पू.) मध्यबिन्दू पुरुष संक्रमित संक्रमित संक्रमित आउनुभएको बाग्लुड- हुनुभएको racing २५जना हिचान हुनुभएका हप्रा. संक्रमित त्यसैगरी बाग्लुड संक्रमित यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या भएको पुगेको २०७७/०५/११ समय बिहान ०:१५ डा. निर्देशक प्रवक्ता, गण्डकी कोरोना नियन्त्रण रोकथाम कार्यक्रम‎'‎