काठमाडौं - भारत सरकारले लकडाउनको अवधि मे ३१ अर्थात जेठ १८ सम्म लम्ब्याएको छ।भारतले चौथो चरणमा लकडाउनको अवधि थपेको हो।

यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले चौथो चरणको लकडाउन फरक हुने बताएका थिए। लकडाउनसम्वन्धी निर्देशिका केही बेरमा आउँदैछ। गत चैत १२ गतेबाट भारतले लकडाउन घोषणा गरेको हो।

भारतमा हालसम्म ९१ हजार बढी संक्रमित छन् भने २ हजार ८ सय बढीले ज्यान गुमाएका छन्। त्यस्तै ३४ हजार ५ सय जना निको भएका छन्।