काठमाडौं - कात्तिक २४ र २५ गते काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ । 

काठमाडौं महानगरपालिका वातारण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार २४ र २५ गते तिहार पर्वको अवसरमा उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बन्चरेडाँडामा कार्यरत कर्मचारीको समेत बिदा हुने भएकाले फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको हो ।

कात्तिक २६ गतेदेखि नियमित रूपमा फोहोर व्यवस्थापनको काम हुने भन्दै उक्त स्थान बन्द रहने अवधिमा सडक तथा सार्वजनिकस्थलमा जथाभावी फोहोर नफाली व्यवस्थापन गर्न पनि प्रमुख राईको आग्रह छ ।