विराटनगर - विराटनगरस्थित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर–८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उपाचारको क्रममा आइतबार राति करिब १० बजे ती पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

श्वासप्रश्वासमा समस्या आएपछि आइतबार बेलुका कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा भर्ना भएका थिए । उपचारको क्रममा राति नै मृत्यु भएको हो । मृतक पुरुषमा भदौ ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या १० पुगेको छ ।