काठमाडौं - पाँच दलीय गठबन्धन निर्वाचन तयारी समितिको बैठक आज बस्दैछ। निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज बस्न लागेको हो।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बस्ने बैठकमा जिल्ला तहबाट आएका प्रतिवेदनहरूको अध्ययन र विश्लेषण हुनेछ। निर्वाचनमा तालमेलको ‘मोडालिटी’बारे पनि छलफल हुनेछ।

प्रतिवेदन आउन ढिलाइ हुँदा समितिले काम गर्न पाएको छैन। यसअघि समितिको बैठक २३ चैतमा बसेको थियो। जिल्ला र स्थानीय तहमा भएको दलगत स्थितिबारेको प्रतिवेदन समितिले शनिबारसम्म मागेको थियो।

२२ चैतमा बसेको गठबन्धन दलहरूका शीर्ष नेताहरूको बैठकले निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको हो। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन भएको समितिमा गठबन्धनका अन्य दलका नेताहरू पनि सम्मिलित छन्।