करिना कपुर दोस्रोपटक आमा बन्दै
खबर एक्सप्रेस
२०७७-०५-०१ ०४:१६ मा प्रकाशित
Total Shares: 848
काठमाडौंं - बलिउड नायिका करिना कपुर दोस्रोपटक आमा बन्ने भएकी छन् । उनी ३९ वर्षको उमेरमा दोस्रो बच्चाका आमा बन्ने भएकी हुन् ।
सैफ अली खान र करिनाले दोस्रो बच्चाको अभिभावक बन्ने जनाएका हुन् । उनीहरुले आफ्नो दोस्रो बच्चा हुने संकेतको फोटो सामाजिक सञ्जालमा शेयर गरेका हुन् । यसपहिले करिनाले ३६ वर्षको उमेरमा पहिलो बच्चा तैमुरलाई जन्म दिएकी थिइन् ।
चिकित्सकहरु ३५ वर्षभन्दा माथि उमेर भएपछि बच्चा जन्माउनु आफैमा खतरा हुने जनाउँदै आएका हुन्छन् । तर, बलिउड महिला कलाकारहरुले ३५ वर्षभन्दा माथि उमेर भएपछि मात्रै बच्चा जन्माएका छन् । उनीहरुले आफ्नो करियरका कारण ढिलो विवाह गर्ने र बच्चा पनि ढिलो हुने बताउँदै आएका छन् ।
फेसबुक पेज Like गर्नुहोस