सुन तोलाको ९७ हजार पाँच सय पुग्यो
खबर एक्सप्रेस
२०७७-०४-१२ ११:२५ मा प्रकाशित
Total Shares: 293
काठमाडौं -आज सुनको भाउमा एक हजार २ सयले बढेको छ। त्यस्तै चाँदी पनि बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १२ सयले बढेर तोलाको ९७ हजार ५ सय पुगेको छ। लगातार बढेको सुन हप्ताको पहिलो दिन हिजो ५०० ले बढेर प्रति तोला ९६ हजार ३ सयमा कारोबार भएको थियो।
त्यस्तै तेजावी सुनको मुल्य प्रति तोला ९७ हजार ६० पुगेको छ। चाँदी पनि प्रति तोला ५५ रुपैयाँले बढेर १२१० मा कारोबार भइरहेको महासंघले जनाएको छ।
फेसबुक पेज Like गर्नुहोस