आज मौसम सफा रहने, बिहानै उपत्यकामा घाम लाग्यो
काठमाडौं - हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आशिक प्रभाव रहेको छ। आइतबार बिहानै काठमाडौं उपत्यकामा घाम लागेको छ । काठमाडौंको तापक्रम १ डिग्री सेल्सियस मापन भएको छ ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ को पहाडी भेगमा आंशिक बदली हुनेछ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
यस्तै राति प्रदेश १ को पहाडी तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली हुनेछ भने बाँकी ठाउँमा मौसम सामान्यतया सामान्य रहनेछ।
माघ २६ गते
दिउँसो- सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू(भागमा आँशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राती - सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू(भागमा आँशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
माघ २७ गते
दिउँसो - सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आँशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राती - सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आँशिक देखि सामान्य बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
फेसबुक पेज Like गर्नुहोस