त्रिभुवन विमानस्थलबाट साढे पाँच किलो सुनसहित तीनजना पक्राउ
खबर एक्सप्रेस
२०८१-०७-२१ १०:१० मा प्रकाशित
Total Shares: 113
काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो ७ सय ग्राम सुनसहित तीनजना पक्राउ परेका छन् ।
बुधबार साँझ एअर अरेबियाको जहाजबाट काठमाडौं आउँदै गरेका तीन जनालाई सुनसहित प्रहरीले पक्राउ गरेको हो । नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा चिनियाँ नागरिक जियान जोङ, म्यानमारका सात नायंग तुन र इ ङनो फू रहेका छन् ।
भन्सार ब्यागेज क्षेत्रमा जाँच गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकरमा ५ केजी ७ सय ग्राम सुन फेला परेको थियो।
पक्राउ परेका तीनै जनालाई अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस