राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त
खबर एक्सप्रेस
२०८१-०४-१० ०५:४५ मा प्रकाशित
Total Shares: 75
काठमाडौं - सरकारले राष्ट्रिय योजना आयोगमा पाल्पाका शिवराज अधिकारीलाई नियुक्त गरेको छ । बिहीबार बसेको बैठकबाट त्रिवि अर्थशास्त्र विभागका पूर्वप्रमुख अधिकारीलाई आयोग उपाध्यक्ष नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
योजना आयोगको उपाध्यक्ष र सदस्यहरुको मनोनयन पनि सो बैठकले गरेको छ । पाल्पाका अधिकारी त्रिभुवन विश्वविद्यालयमा अर्थतन्त्र प्राध्यापक हुन् ।
बैठकले आयोगका सदस्यहरुमा डा आरपी बिछार, डा रमेशप्रसाद सिंह, डा प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई नियुक्त गरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस