काठमाडौं,एजेन्सी - ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा ब्राजिलले लगातार तेस्रो जित निकालेको छ । 

समूह चरण अन्तर्गत ओलम्पिक स्टेडियममा भएको खेलमा घरेलु टिम ब्राजिलले कोलम्बियालाई २-१ गोल अन्तरले पराजित गरेको हो । 

ब्राजिलको जितमा रोबर्टो फिर्मिनो  र कासिमिरोले समान एक-एक गोल गरे । कोलम्बियाका लागि लुइस डियाजले एक गोल गरे । सुरुवाती अग्रता जोगाउन नसक्दा कोलम्बिया ब्राजिलसँग पराजित भएको हो ।

खेलमा पाहुना टोली कोलम्बियाले सुरुवाती अग्रता लिएको थियो । खेलको १० औं मिनेटमा डियाजले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको ७८ औं मिनेटमा  फिर्मिनोले लोल गर्दै ब्राजिललाई बराबरीको स्थितिमा ल्याए । 

त्यसपछि खेलको इन्जुरी समयमा कासिमिरोले गोल गर्दै ब्राजिललाई जित दिलाए । 

जितसँगै समूह बीमा रहेको ब्राजिल ३ खेलमा ९ अंकसहित शिर्षस्थानमा यथावत् रहेको छ । यता, कोलम्बिया ४ खेलमा एक बराबरी र एक जितसहित ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।