काठमाडौं - इंग्लिस क्लब टोटेनहम हटस्परले युरोपा कन्फ्रेन्स लिगमा सानदार जित दर्ता गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा टोटेनहमले स्लाभेनियाको एनएस मुरालाई ५–१ले पराजित गरेको हो । 

खेलको चौथो मिनेटमा डेल अलीको पेनाल्टी गोलबाट टोटेनहमले सुरुवाती अग्रता लिएको थियो । आठौं मिनेटमा जियोभानी लो सेल्सोले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे । ५२औं मिनेटमा जिगा कोअसले गोल गर्दै मुरालाई  खेलमा फर्काउने संकेत गरे । तर, त्यसपछि  सब्सिच्युट ह्यारी केनले २० मिनेटको अन्तरमा ह्याट्रिक पुरा गर्न सफल भए । उनले खेलको ६८औँ, ७७औँ र ८८औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेपछि टोटेनहमले ५–१को फराकिलो जित निकाल्यो । 

 जितसँगै टोटेनहम समूह ‘जी’ मा दुई खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा छ भने पराजित  मुरा अंकविहीन हुँदै पुछारमा छ ।