प्रतिनिधिसभाको बैठक बैशाख २ गतेसम्मका लागि स्थगित
खबर एक्सप्रेस
२०८०-१२-२८ ०१:१४ मा प्रकाशित
Total Shares: 117
काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाका सांसदहरुले प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् ।
बुधबारको बैठकमा सभामुखले शुन्य समय शुरु गर्नासाथ कांग्रेस र राप्रपाका सांसदले उठेर विरोध गरेका थिए ।
यसअघि सभामुखले दलीय आधारमा सांसदहरुलाई बोल्ने समय दिएका थिए । दलीय आधारमा सांसदहरुलाई बोल्न भने अवरोध गरिएको थिएन ।
लगातारको अवरोधपछि सभामुखले संसदको बैठक बैशाख २ गते ११ बजेसम्मका लागि स्थगित गरेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस