काठमाडौं - हलिउडका चर्चित अभिनेता टम ह्यान्स र उनकी श्रीमती रीता विल्सन कोरोना भाइरस संक्रमित भएको पुष्टि भएको छ ।

ओक्कार अवार्ड बिजेता अभिनेता टम ह्यानसले सामाजिक सञ्जाद ट्वीटर माफर्त आफूहरुलाई कोरोना संक्रमण भएको जानकारी गराएका छन् ।

एल्भिस प्रेस्लेको जीवनीमा आधारित चलचित्रको काममा व्यस्त रहेकै बेला टम ह्यान्सलाई कोरोनाको संक्रमण भएको हो । यी दम्पत्तीलाई अहिले आइसोलेसनमा राखिएको छ ।