एजेन्सी - उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको कुनै संक्रमण नदेखिएको दाबी गर्दै आइरहेको छ । यसका लागि कोरियाली सरकारले कडा नियमहरु लगाइरहेको छ । जनतालाई सचेत पनि बनाइरहेको छ ।

त्यहाँको सरकारले जनतालाई बाहिर जान र विदेशीलाई पूर्ण प्रतिबन्ध लगाएको छ । साथै चिकित्सको सल्लाह विना कुनै पनि औषधि नखान आग्रह गरेको छ ।

हालै कोरियाली सरकारले जनतालाई लसून, प्याज खान पनि सुझाएको बिबिसीले जनाएको छ । सरकारले रोग प्रतिरोधात्मक क्षमता घट्ने भन्दै नागरिकलाई मदिरा सेवन नगर्न पनि भनेको छ । उत्तर कोरियाले आफ्ना नागरिकलाई रोग प्रतिरोधी क्षमता बढाउने भन्दै पारम्परिक रीतिरिवाज पालना गर्न निर्देशन दिएको जनाइएको छ ।